
माेरङ । पार्टी परित्याग गरी नेकपा एमाले ओली समूहमा प्रवेश गरेर प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका टङ्क आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।
माओवादी केन्द्र संसदीय दल प्रदेश १ को सोमवार विराटनगरमा बसेको बैठकले आङ्बुहाङलाई २४ घण्टाभित्रमा पार्टी परित्याग गरेको हो होइन ? स्पष्ट खुलाउन अल्टिमेटम दिएको हो ।
माओवादी केन्द्र पार्टी परित्याग गरी प्रधानमन्त्री केपी शर्मा ओली समूहको एमाले प्रवेश गरेपछि आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त हुनुभएकाे छ । उहाँ यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता हुनुहुन्थ्याे ।
‘दलको बैठकले पार्टी परित्याग गरेका आङ्बुहाङलाई दलको नेतादेखि हटाएर २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ’, माओवादी केन्द्रका प्रदेश १ का नवनियुक्त संसदीय दलका नेता इन्द्रबहादुर आङबोले भन्नुभयो, ‘दल त्याग गरेको हो वा होइन भन्ने विषयमा दलको बैठकले स्पष्टीकरण सोधिएको छ । उहाँले २४ घण्टाभित्र स्पष्टीकरण दिएपछि अन्य कारबाहीको प्रक्रिया अगाडि बढ्छ ।’
यसैबीच संसदीय दलको उपनेतामा रामकुमार राई र प्रमुख सचेतकमा झलकसिंह दर्लामी तथा सचेतकमा सौभाग्यवतीदेवी राई चयन भएका छन् ।