गुल्मी । गुल्मीमा आफ्नै पिताबाट ब’लात्कृत भइ ग’र्भधारण गरेकी किशोरीले छोरा जन्माएकी छन् ।
बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई पटक पटक ब’लात्कार गर्दै आएको तथ्य हालै प्रकाशमा आएको हो ।
पी’डित बालिकाकै आमाले दिएको जा’हेरीका अनुसार प्रहरीले ब’लात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
आइतबार पी’डित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
पी’डित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले पहल गरिरहेका छन् ।







