
१५ चैत, ताप्लेजुङ । ताप्लेजुङमा सम्पन्न दोस्रो मेयर रनिङ कपको उपाधी मिक्वाखोला गाउँपालिकाले हात पारेको छ । फाईन खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधी हात पारेको हो । मिक्वाखोलाले २५–१८, १३–२५, २५–२२ र २५–२१ को सेटमा स्तब्ध बनायो । सिदिंवा र सिरीजंघा भने तृतिय भए ।
बिजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ । तृतिय बनेका दुबै टिमलाई नगद ३३ हजारले पुरस्कृत गरियो । विजेता र उपविजेतालाई आईतबार नै पूरस्कार वितरण तथा सम्मान गरिएको थियो । चैत्र १३ गतेबाट भिमकाली गुल्मको भलिबल कोर्टमा सञ्चालित प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका थिए ।