२२ मंसिर, ताप्लेजुङ । ताप्लेजुङका पुर्व जिल्ला शिक्षा अधिकारी चैतन्य प्रसाद निरौलाको कोरोना संक्रमणका कारण आइतबार निधन भएको छ । संक्रमण भएपछि काठमाण्डौको केएमसि अस्पतालमा उपचाररत निरौलाको हिजो निधन भएको हो ।
हात भाँचिएर उपचारका लागि अस्पताल भर्ना हुनुभएका निरौला र उहाँकि पत्नीलाई एकै पटक संक्रमण देखिएको थियो । श्रीमति संक्रमणमुक्त भए पनि उहाँको स्वास्थ्य अवस्था भने थप गम्भिर बन्दै गए पछि आईसीयू र त्यस पछि भेन्टिलेटरमा सारिएको थियो । हातको उपचारका क्रममा अस्पताल बसाईकै समयमा दुवैजनालाई संक्रमण भएको परिवारजनको अनुमान छ ।
दुई पटक ताप्लेजुङको जिल्ला शिक्षा अधिकारी हुनुभएका निरौला उपसचिवबाट दुई वर्ष अघि अवकास हुनुभएको थियो । हाल काठमाण्डौमा नै बस्दै आउनुभएका निरौलाको ताप्लेजुङको फुलबारीमा जन्म भएको थियो । उहाँका तीन छोरा र एक छोरी छन् ।
निरौलाको निधन प्रति ताप्लेजुङका जनप्रतिनीधि, राजनीतिक दलका प्रमुख साथै शिक्षकहरुले श्रद्धाञ्जली व्यक्त गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय