
१३ चैत्र, काठमाण्डौं । नेकपा एमाले भित्र देखिएको विवाद अझै पनि जारी छ । एक अर्का बिरुद्ध आक्रामक रुपमा उभिएका दुबै समुहले आज अलग अलग बैठक राखेका छन् ।
ओली समुहले संसदीय दलको बैठक बालुवाटारमा बोलाएको छ भने नेपाल समुहले केन्द्रीय सदस्यहरुको बैठक कलंकीमा बोलाएको छ ।
बिहान ११ बजे बस्ने बैठकले अध्यक्ष ओलीलाई बिधान अनुसार बैठक बोलाउन अनुरोध गर्ने निर्णय गर्ने एक नेताले बताए ।
उता ओलीले दिउसो ३ बजे संसदीय दलको बैठक राखेका छन् । बैठकले संसदलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्ने जनाईएको छ ।