ताप्लेजुङ, चैत्र १२ गते । शुक्रबारदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुरु हुने अन्तर पालिका स्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ ।

प्रतियोगिताको पहिलो चरणका खेलमा विहान साढे ८बजेदेखि पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल तालिका अनुसार शुक्रबार दिउँसो साढे १ बजे हुने दोश्रो खेलमा फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ ।

यस्तै शनिबार विहान साढे ७ बजे सिदिङवा गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाबीच खेल हुने छ ।उक्त खेल पछि मेरिङदेन गाउँपालिका र सिरिजंघा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने जनाईएको छ । दोश्रो चरणका खेलहरु पनि सोहि दिन नै हुने छन् भने आईतबार फाईनल खेल हुने छ ।

प्रतियोगितामा पहिलो हुने टिमले २ लाख २१ हजार १ सय रुपैँया सहित मेडल, प्रमाणपत्र साथै रनिङ कप पाउने छ भने दोश्रोले १ लाख ११ हजार १ सय रुपैँया सहित मेडल, प्रमाणपत्र र रनिङ कप पाउने छ । यस्तै तेश्रो हुने टिमले भने ३३ हजार सहित मेडल, प्रमाणपत्र र रनिङ कप पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय