
१२ चैत्र, ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाले शुक्रवार नगरपालिका भरि सार्वजनिक विदा दिएको छ ।
फुङ्लिङ नगरपालिको आयोजनामा हुन गईरहेको अन्तरपालिका स्तरिय मेयर रनिङ कप पुरुष भलिवल प्रतियोगिताको उद्घाटनको दिन विदा दिईएको हो ।
नगरपालिका अन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ चौकी, तथा सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहने जानकारी गराईएको छ ।