काठमाडौं : बाँकेमा एक किशोरीमाथि जर्वजस्ती क’रणी गरेर फरार युवकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हुम्ला सर्केगाढ गाउँपालिका–१ का २६ वर्षीय मिम बहादुर बुढा छन्।

बुढाले गत मंसिर २१ गते बाँके बैद्यनाथ गाँउपालिका–१ गाँवरस्थित होमस्टेको कोठामा कक्षा ११ मा अध्ययनरत एक किशोरीलाई नसालु पदार्थ सेवन गराएर बेहोस पारेर जवरजस्ती करणी गरी गरेको प्रहरीले जनाएको छ। बुढालाई काठमाडौं–५ हाडीगाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बुढालाई थप अनुसन्धान तथा कारवाहीको लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!