
इलाम । भारतीय जेलमा ४० वर्ष थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार अपराह्न जन्मघर इलाम पुगेका छन् ।
८६ वर्षकी आमा धनमाया उनकै बाटो हेरिरहेकी थिइन् । भाइहरुको सहयोगमा घर पुगेका दुर्गाप्रसाद, आमालाई भेट्दा पनि केही बोलेनन् । जेलबाट छुटेयता उनी कमै बोलेका छन् ।
आमालाई भेट्दा पनि उनी केही बोलेनन् । निकै डराएजस्तो देखिएका उनलाई भाइहरुले कर गरेपछि धनमायालाई ‘आमा’ भनी बोलाए ।
उनले थप सम्वाद नगरेपछि धनमायाले भने रेल र मोटर चढेर आएका कारण छोरा नबोलेको होला भनेर प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘भोलिबाट अरु कुरा गर्छ होला ।’
भाइहरुकै जोडबलमा उनले कोलकत्ताबाट लिएर आएको मिठाई पनि आमालाई दिएका छन् ।