चैत्र ८ काठमाण्डौं । कोरोना बिरुद्ध प्रयोग हुने ८ लाख खोप डोज तयार रहेको भन्दै ल्याउन चीनले पटक पटक आग्रह गरे पनि त्यताबाट खोप लिन दुई महिना सम्म कुनै ताकेता नभएको देखिएको छ । माघ सम्ममा चीनले दुई पटक गरी ८ लाख खोप दिने घोषणा गरेको थियो ।

चीन सरकारका प्रतिनिधिहरुले खोप तयार रहेको जानकारी दिईरहे पनि दुई महिना सम्म पनि सो अनुदानको खोप लिन सरकारले जहाज पठाएको छैन ।

तर भारतलाई ४६ करोड अग्रिम भुक्तानी दिईसकिएको खोप भने अझै पुरै आईसकेको छैन । हिलो डोज लगाउने अभियान जारी रहेको र दोस्रो डोजको तयारी भइरहेको वेला नेपाल सरकारसँग खोप अभाव भएको छ । भारतीय कम्पनी सेरमसँग नेपाल सरकारले २० लाख डोज खरिद गरेकोमा १० लाख डोज मात्रै आएको छ ।

नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा सरकारले ११ सातापछि ९७ वैशाखमा० मात्र लगाउने सरकारी तयारी छ । बाँकी १० लाख कहिले आउने निश्चित छैन । जसका कारण सरकारलाई खोप महंगो पर्ने देखिन्छ भने पैसाको ब्याजमा समेत सरकार घाटामा पर्ने देखिन्छ ।

अहिले खोप अभावका कारण दोस्रो चरणको अभियान नै प्रभावित बनेको अवस्था छ आजको नयाँ पत्रिकाले खबर प्रकाशित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय