
काठमाडौं । पाकिस्तानको मोटरवेमा ब’लात्कारमा संलग्न दुई अभियुक्तलाई मृ’त्युदण्ड दिन एक अदालतले फैसला गरेको छ ।
लाहोरको पूर्वी शहरस्थित एक विशेष अदालतले अविद मेहली र शाफ्कत अलीलाई नामक दुई पुरुषलाई फ्रेन्च मुलकी पाकिस्तानी महिलालाई बलात्कार गरेको अभियोगमा मृत्युदण्डको सजायँ सुनाएको हो ।
रातको समयमा पेट्रोलेको खाजीमा निस्किएकी ती महिलालाई उनीहरुले दुई बच्चाको सामुन्ने बलात्कार गरि लुटपाट समेत गरेका थिए ।
सन् २०२० को डिसेम्बर ९ माा भएको घटनालाई लिएर पाकिस्तानमा चर्को विरोध भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले पीडितलाई न्याय र मुलुकमा महिला सुरक्षाको माग गरेको थिए । पाकिस्तानमा गत डिसेम्बर महिनामा मात्र ब’लात्कारविरुद्धको नयाँ कानुन पास भएको थियो ।