ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले शनिबार मेरिङदेन गाउँपालिका ३ स्थित दोभानका अग्नीपीडित परिवारलाई ५ लाख रुपैयाँ प्रदान गरेको छ । नगरप्रमूख छत्रपति प्याकुरेलसहितको टोलीले मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुलाई प्रदान गरे । नगरप्रमूख प्याकुरेलले भने,“एक आपसमा सहयोग आदान प्रदान गर्न आवश्यक छ । नगरपालिकाको ल्याकत बमोजिम उपलब्ध गराएका हौ ।” सिरीजंघा गाउँपालिकाले पनि ५ लाख प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले उक्त रकम पालिकालाई उपलब्ध गराएको हो ।

नेपाल आदिबासी जनजाती महासँघ ढोक्प्या किदुक न्यूर्योक र वालुङ कम्युनिटी अफ नर्थ अमेरीकाले पठाएको रकम समेत प्रदान गरिएको छ । १५ लाख १२ हजार रुपैयाँ उपलब्ध गराएको प्रमूख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेले जानकारी दिए । यसैगरि अनिता अन्छङवो र माया (आङवुहाङ हङकङ) र टेक बहादुर केरुङ (साउदी अरब) मार्फत नागरिक आवाज काठमाडौबाट ९ लाख १० हजार रुपैयाँ उपलब्ध गराएको छ । सयूक्त आवाज परिवर्तन समाज काठमाडौले १ लाख ८० हजार रुपैयाँ र नटबट राठी क्लोथ हाउस,इटहरीले ६६ थान कम्बल प्रदान गरेको छ । रोटरी क्लब अफ काठमाडौ र इटहरीस्थित इलाइट हिमालय एभेन्चरले पालिकाको प्रकोप व्यवस्थापन कोषमा १ लाख रुपैयाँ जम्मा गरेको छ ।

यसैगरि पाँचथर उद्योग वाणिज्य सँघले १ लाख ११ हजार कोषमा जम्मा गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका यासोक बजारका कर्मचारी तथा उद्योग वाणिज्य सँघ,फाल्गुनन्द गाउँपालिका–६ मेहलबोटे क्षेत्रका बासिन्दाले ६० हजार ९ सय ५५ रुपैयाँ प्रदान गरेको छ । ताप्लेजुङ–दमक सम्र्पक मंञ्च झापाले २ लाख ११ हजार रुपैयाँ कोषमा जम्मा गरेको छ । नेपाली काग्रेस प्रदेश नं. १ संसदीय दलको समन्वयमा लायन्स फुड बैंक इटहरीको सहभागीतामा दैनिक उपभोग्य सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लिम्बुका अनुसार आगलागी पीडित परिवारलाई राहत उपलब्ध गराउने क्रम जारी छ । अध्यक्ष लिम्बुले भने,“कसैले पीडित स्यंमलाई दिएका छन् । कतिपयले गाउँपालिकामै उपलब्ध गराउने गर्छ ।” गाउँपालिका प्रमूख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार गाउँपालिकाका कर्मचारीले १ दिनको तलब तथा भक्ता वापतको ६८ हजार ९ सय ६७ रुपैयाँ कोषमा जम्मा गरेको छ ।

गाउँपालिकाका पदाधिकारीले १ लाख ९३ हजार उपलब्ध गराएको छ । गाउँपालिकाले ९ लाख रुपैयाँ तत्कालै वितरण गरेको थियो । फागुन १८ गते भएको आगलागीमा ५९ घर परिवार विस्थापित भएका थिए । गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार ४० करोड वरावरको क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय