कोलकत्ताको कारागारमा रहेका यहाँस्थित माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज रिहा हुनुभएको छ । चालीस वर्षदेखि कारागार जीवन बिताइरहनुभएका दुर्गाप्रसाद रिहा हुनुभएको हो ।

कलकत्ता उच्च अदालतले उहाँलाई रिहा गर्न आदेश दिएपछि आज दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको हो । अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उहाँका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिनु भएको थियो ।

चालिस वर्षपछि जेल बाहिर निस्कँदा दुर्गाप्रसादले नयाँ लुगा लगाउनु भएको थियो । उहाँलाई ह्याम रेडियोको क्लबका प्रतिनिधिले बंगाली परम्परागत पहिरन कुर्ता पाइजामा किनेर दिएका छन् । विसं २०३७ मा दुर्गाप्रसादले इलाम छोड्दा प्रकाशचन्द्र ७ कक्षामा पढ्नु हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय