
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।
‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।
यस्तै नेपाल पक्षका सोम पाण्डे र जीवनराम श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् । RATOPATI