
नेकपा एमालेले संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने भएको छ । त्यसका लागि सो दलले शनिबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
आजै केन्द्रीय समिति बैठक पनि बस्दैछ । केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए। एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।