नेकपा एमालेको केन्द्रीय समिति बैठक शनिबार बस्दैछ । पार्टीभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

यसअघि फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गरेका थिए ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर विधान विपरितको निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।

शुक्रबार खनाल–नेपाल समूहको बैठकले ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ओलीले बालुवाटारमा १० बजे बस्ने संसदीय दलको बैठक राखेका छन् भने १२ बजे केन्द्रीय समिति बैठक राखेका छन् ।

ओलीले भने केन्द्रीय समिति बैठकमा सहभागी हुन सार्वजनिक रुपमै खनाल–नेपाल समूहलाई आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय