काठमाडौं। दुई जिल्लाबाट तीन वटा नागरिकताको प्रमाण पत्र लिने एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको छ ।

बाग्लुङको साविक नरेठाटी गाविस–२ हाल गलकोट नगरपालिका– २ स्थायी ठेगाना भई काठमाडौं –४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने ३७ वर्षीय कमल सुनारलाई ब्यूरोको टोलीले नागरिकता तथा अन्य थुप्रै कागजातसहित पक्राउ गरेको हो ।

कमलले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता लिएको खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

यस्तै कमलले काठमाडौं​ जिल्ला प्रशासन कार्यालयबाट मिति २०७४-१०-२४ गते कमल सुनुवारको नाममा लिएको नागरिकताको सक्कलै प्रमाण पत्र पनि बरामद गरिएको पन्तले बताइन् ।

उनले कमल थापा नामको नागरिकता विभिन्न सरकारी निकायहरूमा पेश गरी सेवासमेत लिएको अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ । ‘कमलले बिभिन्न बैंक तथा वित्तिय सस्थाहरूबाट कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ पन्तले भनिन्,‘उनको साथमा भेटिएका बिभिन्न कागजातहरू हेर्दा नागरिकताको ब्यापक दुरुपयोग गरेको आशंका छ ।’

पन्तले थप अनुसन्धानका लागि कमललाई आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय