काठमाडौं । नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए ।

बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए ।

यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए । माधव पक्षको राष्ट्रिय भेला जारी छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय