
१ चैत्र, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङ्देवा सम्पन्न लामपोखरी रनिङ कपको उपाधि दोखु युवा क्लवले जितेको छ । शनिबार भएको फाइनलमा आयोजक नवप्रयास युथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै दोखुले उपाधि जितेको हो ।
उसले लगातार तीन पटक जित हासिल गर्दै च्यालेञ्ज कप समेत कब्जा गरेको छ ।
शनिवारै म्याराथन तथा साँस्कृतिक कार्यक्रमका विजेतालाई वडाध्यक्ष तारानाथ बरालले पुरस्कार प्रदान गरेको क्लवका अध्यक्ष विश्वराज राईले बताए ।
राष्ट्रिय रेफ्री बिके थलङले फुटबल खेल सञ्चालन गरेका थिए ।