
फागुण २९ काठमाण्डौं । यस अघि एउटै पार्टीमा हुँदा मन्त्री बनेर पार्टी अलग भए पछि एमालेमै रहेर केन्द्रीय समितिमा ओली समुहले मनोनित गरीसके पछि नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदलाई पनि २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।
त्यस्तै चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । चैत १ गते केन्द्रीय समितिको बैठक बोलाईएको छ ।
प्रधानमन्त्री ओलीले एमालेमै फर्किएमा झलनाथ खनाल, माधव कुमार नेपाल सहितका नेताको जिम्मेवारी खोस्दै आफू पक्षीयलाई जिम्मेवारी दिनुका साथै माओवादीबाट एमालेमै रहेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरे पछि माओवादी केन्द्रले यो कदम चालेको हो ।
ती मनोनित नेताहरुले आफूहरु माओवादीमा नफर्कने र एमालेमै रहेर राजनीति गर्ने बताईसकेका छन् ।