काठमाडौं । कल्पना गर्नुहोस् त मोबाइलबिना तपाईंको जीवन कस्तो होला अब ? पक्कै पनि छटपटी हुन्छ । स्मार्ट जीन्दगी बिताइरहँदा अब फोनबिना केही नसोच्ने भएका छौं हामी ।

बिहान उठेदेखि बेलुका नसुत्दासम्म मोबाइलकै सहारा चाहिन्छ । यसकारण फोन बिग्रेला कि भन्ने चिन्ता तपाईंलाई पक्कै होला । तर कहिलेकाहिँ नचाहँदा नचाहँदै पनि फाेन बिग्रन सक्छ ।

धेरै प्रयोगकर्ताहरु आफ्नो फोन ट्वाइलेटमा समेत लान्छन् । कतिपयसँग ट्वाइलेटमै फोन खसाल्न पुगेकाे अनुभव पनि छ । यदि ट्वाइलेटमा फोन खस्यो भने कसरी जोगाउने त ?

ट्वाइलेटबाट भिजेको फोन निकाल्न त सफल हुनुभयो, तर अब के गर्ने ? पक्कैपनि अब तपाईंले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

यदि फोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोशिश नगर्नुहोस् । यसो गर्दा फोनमा शर्ट सर्किटको खतरा टर्नेछ ।

अर्को महत्वपूर्ण कुरा पानी पसेको फोनलाई भुलेर पनि चार्जिङमा नजोड्नुहोस् । मोबाइलमा इलेक्ट्रिक फ्लो भएर शर्ट सर्किट हुनसक्छ । जसकारण माेबाइल सधैंका लागि नबन्ने पनि हुनसक्छ ।

यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिम कार्डलाई सजिलो गरी निकाल्नुहोस् ।

यदि फोनमा ब्याट्री निकाल्न मिल्दैन भने शर्ट हुने खतरा रहिरहन्छ । अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुकाउनुहोस् ।

फोनमा देखिने पानी र फाेहरलाई कपडा वा पेपर न्याप्किनले विस्तारै पुछ्नुहोस् । यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् । यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुक्नका लागि छोडिदिनुहोस् ।

भिजेको फोन सुकाउने यो उपयोगी र सजिलो उपाय हो । अब फोनलाई चामलबाट बाहिर निकालेर अन गर्नुहोस् ।

यदि फोन अन भएन भने चार्जमा लगाउनुहोस् । त्यसपछि पनि फोन खुलेन भने नजिकैको मोबाइल बनाउने ठाउँमा वा सम्बन्धित सर्भिस सेन्टरमा जानुहोस् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय