
काठमाडौँ — जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता बीच पेरिसडाँडामा छलफल सुरु भएकाे छ ।
सत्ता समीकरण र आफ्ना मागबारे छलफल गर्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठलगायत पेरिसडाँडा पुगेका हुन् । माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन् ।
जसपाले शुक्रबार कांग्रेससँग छलफल गरेको थियो ।