२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू फेरि एक पटक क्रा´न्ति गर्ने मनस्थितिमा रहेको बताएका छन् । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।

‘जनयु´द्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रा´न्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रा´न्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म ल´ड्नेवाला छु ।’
उनले अब २/४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।

उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’

नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’

उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद वि´रुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।

प्रचण्डले आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको पनि बताए । आन्दो´लनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न ल´डाईं ल´ड्ने बताएका हुन् ।
यो खबर अनलाइन खबरमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय