
कास्की, २७ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री तथा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफूहरुको सांसद पद गुमे पनि केपी शर्मा ओलीको साथ नछोड्ने बताउनुभएको छ ।
बिहीबार एमाले कास्कीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि पाइने बताउदै प्रधानमन्त्री ओलीको साथ कहिल्यै नछाड्ने बताउनुभएको हो ।
नेकपा विभाजन हुँदा माओवादीबाट (एमाले) ओली समूहमा मिसिनुभएका मन्त्री रायमाझीले आफूहरु सांसद पद बचाउन हिँड्ने पक्षमा नरहेको पनि बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘सांसद बचाउन हामी हिँड्ने पक्षमा छैनौँ । विचार, राजनीति, योजना, कार्यक्रम र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाए मन्त्री र सांसद जहिले पनि हुन पाइन्छ ।’
तर, कानुनअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे माओवादीको साथ छोड्दा ओली पक्षमा लाग्दा उहाँ स्वतः कारबाहीमा पर्नुहुनेछ । यसअघि प्रचण्डसँग सहकार्य गर्न पुगेका एमालेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पार्टीमा फर्किसक्नुभएको छ ।
यसरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर ओली पक्षमा लागेका मन्त्री रायमाझीले आफू सांसद पद बचाउन नलाग्ने बताउनुभएको छ ।
यो खबर न्युज 24 मा छ।