फागुण २६ काठमाण्डौं । सर्वोच्चले नेकपा नै खारेज गर्ने आदेश दिए पछि ओलीसँगै एमालेमा फर्किएका माधव कुमार नेपाल र झलनाथ खनालसँग कुनै सल्लाह नगरी ओली पक्ष अघि बढेको सो समुहले निष्कर्ष निकालेको छ ।

वानेश्वरको अर्याल होटलमा भएको आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेलामा पार्टी कार्यलयहरुमा ओलीको तस्वीर सहितको बोर्ड राख्ने, कुनै सल्लाह नगर्ने र स्वच्छन्द तरीकाले अगाडी बढेको भन्दै आत्मसमर्पण नगर्न बरु डटेर सामना गर्न नेपाल र खनालले निर्देशन दिएका थिए ।

आवस्यक परे समानान्तर कमिटि बनाउने तर आत्मसमर्पण गरेर अघि नबढ्ने नेताहरुले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टी भित्र संसदीय दल र केन्द्रीय समितिमा ओली बहुमतमा रहेकाले उनले आफू खुसी निर्णय र निर्देशन गर्न सजिलो भएको बताईन्छ ।
भेलामा कैलालीमा भएको झडपको समेत बिरोध गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!