संसद पुनर्थापना पछि आज प्रतिनिधि सभाको दोस्रो बैठक बस्दैछ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली १५ मिनेट अगाडि नै संसद भवन पुगे पनि केही बेरमै बाहिरिएका छन्।

उनी पौने एक बजे संसद भवन पुगेका थिए। १५ मिनेटपछि उनी संसद भवनबाट बाहिरिएका हुन्। बाहिर निस्कने क्रममा ओलीले केही बेर एमालेका नेता सुभास नेम्वाङसँग कुराकानी गरेका थिए। उनले पत्रकारहरुलाई भने कुनै प्रतिक्रिया दिन चाहेनन्। भने,‘ यति भए भै’गो नि।’

संसद बैठक बस्न ढिलो हुने थाहा पाएपछि प्रधानमन्त्री बाहिरिनु भएको नेता सुबास नेम्बाङले सेतोपाटीलाई जानकारी दिए। ‘बैठक चल्न ढिला हुने देखेर उहाँ बाहिरिनु भएको हो’, नेम्बाङले भने।

यसअघि आइतबारको बैठक नेपाली कांग्रेस र जनता समाजवादीको अवरोधा कारण बैठक बस्न सकेको थिएन्। उक्त बैठकलाई प्रचण्ड नेपाल समूहले पनि बहिस्कार गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय