
काठमाडौं । ल्यापटप प्रयोगकर्ताका लागि एउटा खुशीको खबर आएको छ । यदि तपाईं विण्डोज टेन ल्यापटप चलाउनुहुन्छ भने नयाँ ब्याट्री रिपोर्ट फिचर गर्न पाउनुहुने भएको छ । याे फिचरले तपाईंको ब्याट्री अझै चल्छ वा अन्तिम अवस्थामा छ भन्ने कुराको जानकारी दिनेछ ।
केही सामान्य कमाण्डको मद्दतले तपाईंले एचटीएमएल फाइल निकालेर त्यसमा ब्याट्री युसेज डेटा, क्यापासिटी हिस्ट्री र लाइफ इस्टिमेट्स हेर्न सक्नुहुन्छ । यदि ब्याट्री परिवर्तन गर्नुपर्ने अवस्थामा छ भने यो फिचरले तपाईंलाई परिवर्तन गर्न अलर्ट दिन्छ ।
पावरसेलमा ब्याट्री रिपोर्ट निकाल्नुहोस्
विण्डोज पावरसेल (Windows PowerShell) को माध्यमबाट ब्याट्री रिपोर्ट निकाल्न सकिन्छ । विण्डोज पावरसेल एउटा ब्युल्ट-इन कमाण्ड लाइन टुल हो, जसलाई सायद तपाईंले पहिल्यै कहिल्यै प्रयोग गर्नुभएको छैन । यसलाई एक्सेस गर्ने सजिलो तरिका भनेको Start आइकनमा राइट क्लिक गरेर मेनुबाट विण्डोज पावरसेल (एडमिन) चयन गर्नु नै हो ।
अब एउटा विण्डोज पप-अप भएर तपाईंलाई डिभाइसमा चेन्ज ल्याउने अनुमति माग्न सक्छ । त्यसमा ‘Yes’ क्लिक गरिदिनुहोस् ।
यति गरेपछि निलो पावरसेल कमाण्ड विण्डोजमा देखा पर्दछ । विण्डोज १० मा केही टास्कहरुलाई अटोमेट गर्न यहाँभित्र तपाईंले कमाण्ड इन्ट्री गर्ने अनुमति पाउनुहुन्छ । विण्डो powercfg /batteryreport /output “C:\battery-report.html” टाइप वा पेस्ट गरेर इन्टर प्रेस गर्नुहोस् । यति गरेपछि कमाण्ड रन हुन्छ ।
यति भइसकेपछि पावरसेलले तपाईंलाई देखाएको ब्याट्री लाइफ रिपोर्ट एचटीएमएल फाइलको नाम र तपाईंको कम्प्युटरमा त्यो कहाँ सेभ भएर बसेको छ त्यो सबै कुरा बताउँछ । यो समय यसलाई ब्याट्री-रिपोर्ट.एचटीएमएल (battery-report.html) भनिन्छ र यो सी ड्राइभमा सेभ भएर बसेको हुन्छ । अब तपाईंले सुरक्षित रुपमा पावरसेल बन्द गर्न सक्नुहुन्छ ।
ब्याट्री रिपोर्टलाई हेर्नुहोस्
विण्डोज फाइल एक्सप्लोरर खोल्नुहोस् र सी ड्राइभमा एक्सेस गर्नुहोस् । त्यहाँ तपाईंले ब्याट्री लाइफ रिपोर्ट एचटीएमएल फाइलमा सेभ भएर बसेको पाउनुहुन्छ । त्यो फाइललाई खोल्न डबल क्लिक गर्नुहोस् र त्यो तपाईंको वेब ब्राउजरमा खोलिनेछ ।
यस रिपोर्टमा तपाईंको ल्यापटप ब्याट्रीको स्वास्थ्य अवस्था सरसर्ती देख्नुहुनेछ । त्यसले कतिको राम्रो काम गरिरहेको छ र यो कति समय टिक्न सक्छ यस्ता सबे कुरा त्यहाँ देख्न सकिन्छ । ब्याट्री रिपोर्टको सबैभन्दा माथि कम्युटरको आधारभूत जानकारी र ब्याट्री स्पेसिफिकेसन देख्न सक्नुहुन्छ ।
त्यहाँ दिइएको रिसेन्ट यूसेज सेक्सनमा तपाईंले ल्यापटप ब्याट्री पावरमा जोडिएको र एसी पावरमा अट्याच भएको समयहरु देख्नुहुनेछ । पछिल्लो तीन दिनमा ल्यापटपबाट ब्याट्री कतिपटक ड्रेन भयो, त्यो कुरा ब्याट्री यूसेज सेक्सनमा देख्न सक्नुहुन्छ ।
यस्तै यूसेज हिस्ट्रीमा तपाईंले आफ्नो ब्याट्री यूसेजको पुरा इतिहास देख्न सक्नुहुन्छ ।
त्यहाँ भएको ब्याट्री क्यापासिटी हिस्ट्री सेक्सनमा समयअनुसार ब्याट्री क्षमता कसरी परिवर्तन भइरहेको छ, त्यो पनि देख्न सकिन्छ । यस्तै दायाँतिर ब्याट्रीको डिजाइन क्यापासिटी वा कतिसम्म क्षमता ह्याण्डल गर्न ब्याट्री डिजाइन भएको हो भन्ने कुरा देख्न सकिन्छ । बाँयातिर तपाईंले ल्यापटपको ब्याट्रीको अहिलेको फुल चार्ज क्षमता देख्न सक्नुहुन्छ ।
यहाँबाट तपाईं ब्याट्री लाइफ इस्टिमेट्स सेक्सनमा पुग्न सक्नुहुन्छ । दाँयातिर यसको डिजाइन क्षमता अनुसार यो कति समय टिक्नुपर्ने हो भन्ने कुरा देख्न सकिन्छ भने बायाँतिर यो कति समय टिकिरहेको छ भनेर देखिन्छ । फाइनल ब्याट्री लाइफ इस्टिमेसन भने रिपोर्टको तलतिर रहेको हुन्छ ।
पीसीम्यागबाट ।