
फाल्गुन २५, काठमाण्डौं । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।
यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । कोरोना महामारीका कारण परीक्षा तालिका यसवर्षदेखि परिवर्तन भएको हो ।