ताप्लेजुङ। बढ्दो बेरोजगारी र सीप अभावको चुनौतीबीच ताप्लेजुङका युवालाई प्रविधिमैत्री सीप प्रदान गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले ग्राफिक डिजाइन तथा वेभ डेभलपमेन्ट सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको उक्त तालिमका लागि ६० जना युवालाई छनोट गरिएको छ। छनोट भएका मध्ये ३० जनाले ग्राफिक डिजाइन र ३० जनाले वेभ डेभलपमेन्ट सम्बन्धी व्यावहारिक तालिम प्राप्त गर्नेछन्।

कार्यालय प्रमुख लक्ष्मी सुहाङका अनुसार तालिम बुधबारदेखि ताप्लेजुङमा रहेको जिल्लाकै एक मात्र आईटी एकेडेमीमा सुरु हुनेछ। १५० दिनसम्म चल्ने तालिमले सहभागीलाई डिजिटल सीपमा दक्ष बनाई स्वरोजगार तथा रोजगारीका अवसरतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।

यसअघि १५ दिनको समयसीमा तोकी आवेदन आह्वान गरिएको थियो। प्राप्त आवेदनमध्ये मापदण्ड पूरा गर्ने युवालाई छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!