रोटर्‍याक्ट क्लब अफ त्रिभुवन विश्वविद्यालयले सरस्वती पूजाको पावन अवसरमा ललितपुरको दुर्गम भेगमा पुगेर बालबालिकाको मुहारमा मुस्कान छर्ने प्रशंसनीय प्रयास गरेको छ। क्लबले महाकाल गाउँपालिकास्थित बालमुकुन्द आधारभूत विद्यालयका ६६ जना विद्यार्थीहरूलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको हो।
क्लबको विशेष पहल ‘Wardrobe for Warmth’ अभियानअन्तर्गत सम्पन्न उक्त कार्यक्रमले कठ्यांग्रिने जाडोका कारण विद्यालय आउन असहज भइरहेका बालबालिकाहरूलाई प्रत्यक्ष राहत पुर्‍याएको छ। यसले उनीहरूको स्वास्थ्य संरक्षणसँगै निरन्तर शिक्षामा पनि सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रोटर्‍याक्टर दीपक ढकालले विकट क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षाप्रति संवेदनशील हुँदै भविष्यलाई न्यानो बनाउने उद्देश्यले यो सानो प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाको अनुहारमा देखिएको खुसी नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो।”
त्यस्तै, कार्यक्रम संयोजक रोटर्‍याक्टर सबिना चापागाईंले लामो समयको योजना र दाताहरूको नि:स्वार्थ सहकार्यका कारण अभियान सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापकले रोटर्‍याक्ट त्रि–विको यस मानवीय कार्यको उच्च प्रशंसा गर्दै दुर्गम भौगोलिक परिवेशमा अध्ययनरत विद्यार्थीहरूका लागि यस्तो सहयोग अत्यन्त अर्थपूर्ण रहेको बताउनुभयो। कपडा वितरणपछि क्लबका सदस्यहरूले विद्यालयको वर्तमान शैक्षिक अवस्था र आगामी आवश्यकताका विषयमा शिक्षकहरूसँग अन्तरक्रिया समेत गरेका थिए।
‘Fellowship Through Service’ को आदर्शलाई आत्मसात् गर्दै रोटर्‍याक्ट क्लब अफ त्रिभुवन विश्वविद्यालयले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!