ताप्लेजुङ । पाथीभरा होटलका संचालक नन्दु बानियाँले Facebook बाट कमाएको पहिलो महिनाको आम्दानी निलगिरी माध्यमिक विद्यालयलाई सहयोग स्वरूप प्रदान गर्नुभएको छ। बानियाँले आफूले अध्ययन गरेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गर्दै सहयोग गर्नुभएको हो।
आफ्नो पहिलो डिजिटल आम्दानी यसरी सदुपयोग गर्न पाउँदा अत्यन्तै खुशी र गर्व लागेको उहाँले बताउनुभयो। “आफूले अध्ययन गरेको निलगिरी माध्यमिक विद्यालयका प्यारा भाइबहिनीहरूलाई ट्र्याकसुट सहयोग गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य हो,” बानियाँले भन्नुभयो।
स्थानीय स्तरमा व्यवसायसँगै सामाजिक सेवामा सक्रिय रहँदै आएका बानियाँको यस कार्यको विद्यालय परिवार तथा स्थानीयवासीहरूले खुलेर प्रशंसा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!