
मङ्सिर १५, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सोमबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । फुङ्लिङ नगरपालिकाकामा १३ र पाथीभरा याङ्वरक गाउँपालिकामा ८ गरी जम्मा २१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार फुङलिङले ६० र याङ्वरकले २० जनाको स्वाब संकलन गरेर गत शुक्रबार परीक्षणका लागि पठाएका थिए ।
जिल्लामा सक्रिय संक्रमितको संख्या थपिदै गए पछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले थप सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ ।