ताप्लेजुङ । नेकपा एमालेले ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवार चयन गर्दा पुरानोलाई पन्छाएर नयाँलाई अघि सार्ने कठोर निर्णय गरेको छ।

वर्षौंदेखि सो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईलाई यसपटक एकाएक किनार लगाउँदै एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाएको हो।

भट्टराईलाई हटाएर युवा सङ्घका अध्यक्ष तथा अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने थेबेलाई अघि सारिनु पार्टीभित्रको शक्ति सन्तुलन र गुटगत राजनीति स्पष्ट देखिने उदाहरण बनेको छ।

अनुभवी नेताको योगदानलाई बेवास्ता गर्दै नेतृत्वले आफ्नो घेराका मान्छे अघि सार्नु एमालेको आन्तरिक राजनीतिमा बढ्दो मनपरी र केन्द्रीकरणको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!