माघ २,ताप्लेजुङ। जिल्लामा महिला अधिकारका लागि राष्ट्रिय अभियान गठन गरिएको छ। फुङलिङ नगरपालिका उपप्रमुख भीमा ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले अभियानको जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

गठित समितिको अध्यक्षमा शान्ति मादेन चयन हुनुभएको छ। यस्तै उपाध्यक्षमा सङ्गीता राई, सचिवमा निता सिंवा तथा कोषाध्यक्षमा विष्णु ओझा चयन हुनुभएको छ।

समितिका सदस्यहरूमा प्रमिला गुरुङ, लक्ष्मी भण्डारी, सुनिता विक, तुलसा विक र सिता भट्टराई रहनुभएको छ।
“८४ मा महिला पहिला” भन्ने मूल नाराका साथ गठन गरिएको उक्त अभियान हालसम्म देशका ४५ जिल्लामा विस्तार भइसकेको छ।

अभियानले महिलाको हक–अधिकार सुनिश्चित गर्नुका साथै लैङ्गिक समानता र महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तिकरणका विषयमा प्रभावकारी रूपमा आवाज उठाउने लक्ष्य लिएको अध्यक्ष मादेनले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!