नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

फागुन २३ गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी र विरोध गरेकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे’ भनेर अभिव्यक्ति दिएपछि नेता थापाले प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै नेता थापाले एसिड आक्रमण र महिलामाथि हुने हिंसा विरुद्धका अध्यादेश अझ सुधार गरेर कानून बनाउन सदनमा प्रतीक्षारत रहेको समेत जनाएका छन् ।

उनले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर असंवैधानिक नियुक्ति गर्ने, त्यसको विरोध गर्दा एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर डंका पिट्ने ? झूट प्रधानमन्त्रीज्यू ! एसिड आक्रमण र महिलामाथि हुने हिंसा विरुद्धका अध्यादेश त अझ सुधार गरेर कानून बनाउन हामी सदनमा प्रतीक्षारत छौं ।’

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय