नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटेर १३६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो।







