२५ फागुन, ताप्लेजुङ । ताप्लेजुङमा यस अघि स्थापना गरिएको ओली निकट समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड स्थापना गरिएको छ ।
सर्बोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा कायम रहने फैसला गरे संगै यस अघि राखिएको (नेकपा) को बोर्ड हटाएर नयाँ बोर्ड स्थापना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता कार्यकर्ताले सदरमुकाम फुङलिङ स्थित शान्ति टोलमा छुट्टै कार्यालय स्थापनागरेर सञ्चालनमा ल्याएका थिए । सोहि कार्यालयमा नै ओली निकटका नेता कार्यकर्ताले आज विहान यस अघि राखिएको (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको होर्डिङ बोर्ड राखेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरे पछि प्रचण्ड माधव समुहका नेता कार्यकर्ताले भने पहिलेकै पार्टी कार्यालय प्रयोगमा ल्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय