२२ पुष, ताप्लेजुङ । जन्मदिन धेरैले केक काटेर र शुभकामना साटेर मनाउँछन् । तर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ का भिरेन लिम्बूले भने आफ्नो जन्मदिन बालबालिकाको मुस्कानसँग साट्दै फरक तर प्रेरणादायी ढंगले मनाएका छन् ।

चिनावुङ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लिम्बूले जन्मदिनको अवसरमा विद्यालयका ३१ जना विद्यार्थीलाई न्यानो कपडा र ज्याकेट प्रदान गरे । चिसो मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरूको अनुहारमा देखिएको खुशी नै उनको जन्मदिनको सबैभन्दा ठूलो उपहार बनेको थियो ।

स्थानीय घनेन्द्र थापाका अनुसार लिम्बूले विद्यालयमै पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्दै जन्मदिन मनाएका हुन् । विद्यालय परिसरमा बालबालिकाको हाँसो, खुसी र आत्मीयताबीच बितेको त्यो क्षणले जन्मदिनलाई अझ अर्थपूर्ण बनाएको थापाले बताए ।

यसरी आफ्ना व्यक्तिगत खुशीलाई समाज र बालबालिकाको भविष्यसँग जोडेर मनाइएको जन्मदिनले स्थानीय समुदायमा सकारात्मक सन्देश दिएको छ । लिम्बू मिक्वाखोला गाउँपालिकाका नेपाल विद्यार्थी संघका सभापति पनि हुन।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!