फागुण २४ विराटनगर । नेकपा एमालेका नेता युवराज बास्कोटामाथि मोरगंको पथरीमा महिलाहरुले आक्रमण गरेका छन । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका बास्कोटालाई महिलाहरुले मञ्चमै कुर्सीले आक्रमण गर्नुका साथै कुटपिट गरी जुत्ता समेत प्रहार गरेका थिए ।
नेता बास्कोटाका घरमा गत पुस १४ गते मृत अवस्थामा भेटिएका पथरीशनिश्चरे वडा नं १० का १९ वर्षीय सञ्जीव भण्डारीकी आमा राधिका भण्डारीले आफ्ना गुनासाहरू राख्ने क्रम देखिनै असामान्य बनेको कार्यक्रम स्थलमा नेता बास्कोटा प्रवेश गर्नासाथ झनै तनावग्रस्त बनेको थियो ।नेता बास्कोटा कार्यक्रमस्थल प्रवेश गर्नासाथ हत्यारा भन्दै मृतक भण्डारीकी आमा राधिका भण्डारीसहित उपस्थित महिलाहरूले नेता बास्कोटामाथि कुर्सी प्रहार गरे । आक्रोशित स्थानीय महिलाहरू बास्कोटामाथि आक्रमण गरे पछि प्रहरीले सुरक्षा दिएर बास्कोटालाई बाहिर निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय