
२५ फागुन, ताप्लेजुङ । तरुण दलका नेता तथा निर्माण व्यावसायी विश्वराज राईले आफ्नो जन्मठाउँको विद्यालयलाई एक लाख मुल्य बराबरको शैक्षिक सामग्री प्रदान गरेका छन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेप स्थित लुङथुङ आधारभुत विद्यालयका विद्यार्थी लाई ट्रयाक सुट र विद्यालयलाई प्रिन्टर प्रदान गरेका हुन् ।
फागुन १८ गते विद्यालयमा आयोजित कार्यक्रमका बिच विद्यालय व्यवस्थापन समिति अध्यक्ष पेम्बाटासी शेर्पा र प्रधानाध्यापक रत्नकुमार राईलाई प्रिन्टर र ७० जना विद्यार्थीलाई ट्रयाक दिएको राईले बताए । राई हाल फुङलिङमा बसेर निर्माण व्यावसायमा संलग्न छन् ।
‘मैले पढ्न सुरु गरेको विद्यालयमा केहि गरौं भन्ने पहिलेदेखि लागेको थियो, अहिले यासाङ नेचाली परिवारले सानो सहयोग गरेका छौ,’ राईले भने, ‘सके सम्म अझै सहयोग गर्छौं ।’
गाउँको विद्यालय र त्यहाँ अध्ययन गर्ने बालबालिकालाई सम्झेर सहयोग गरेकोमा राईलाई विव्यस अध्यक्ष शेर्पाले अन्यवाद दिए । राई व्यवसायसहित राजनीति र सामाजिक कार्यमा सक्रिय छन् ।