ताप्लेजुङ । लागू औषध दुरुपयोग विरुद्ध सचेतना फैलाउँदै खेलकुद, सामाजिक काम तथा विभिन्न कार्यक्रममार्फत समाज रूपान्तरणमा सक्रिय सामाजिक संस्था Hope For All Taplejung को दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट मौसाम घोन्डे सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका छन् ।
अधिवेशनमा संस्थाका निवर्तमान अध्यक्ष सागर लाम्गादेको कार्यकालको प्रशंसा गर्दै उहाँले संस्थालाई यहाँसम्म ल्याउन सबै सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । साथै, नव–निर्वाचित अध्यक्ष घोन्डे तथा सम्पूर्ण नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको छ ।
संस्थाले आगामी दिनमा खेलकुद प्रतियोगिता, सामाजिक अभियान, विद्यालय तथा समुदायस्तरका सचेतनामूलक कार्यक्रममार्फत लागू औषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ ।
अन्य पदाधिकारीको बिवरण:
उपाध्यक्ष:मुकेश कार्की
सचिवः तासी नावा
सह-सचिवः विवेक राई
कोषाध्यक्षः सुस्मिता लिम्बु
सदस्यहरूः प्रवेश लिम्बु
साजन मादेन
ग्याल्जेन शेर्पा
साम्युल सुनुवार







