ताप्लेजुङ । नेपाली काँग्रेस ताप्लेजुङ जिल्ला कार्य समितिको पार्टी प्रवक्ताको जिम्मेवारी विश्व नाल्बोलाई दिइएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार सिफारिससम्बन्धी निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत नाल्बोले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो।
काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्यहाङका अनुसार मंसिर ७ गते सम्पन्न जिल्ला कार्य समितिको बैठकले नाल्बोलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको हो।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्यसमेत रहनुभएका नाल्बो नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ। पार्टीले युवा पुस्ताका प्रतिनिधिलाई प्रवक्ताको जिम्मेवारी दिएको उल्लेख गरिएको छ।
यसअघि काँग्रेस ताप्लेजुङका प्रवक्ता गणेश सिग्देल रहनुभएको थियो। सिग्देलको उपचारका क्रममा निधन भएपछि प्रवक्ताको पद रिक्त रहेको थियो।







