ताप्लेजुङ, मंसिर २७ — जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुखज्यूको पहलमा आजदेखि समग्र जिल्लावासीलाई मित्रराष्ट्र चीन–तिब्बतको रिउ बजारसम्म सहज आवत–जावत गर्न पाउने सीमापास वितरण सुरु भएको छ।
यसले स्थानीय व्यापारी र सर्वसाधारणलाई आर्थिक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। ओलाङचुङगोला मूल भन्सार कार्यालयका नायब सुब्बा पुरुषोत्तम देवकोटालाई पनि जिल्लामा स्वागत गरिएको थियो।
यस कार्यमा Gen-Z परिवार ताप्लेजुङ र Gen-Z ताप्लेजुङ का संयोजक गोपाल गुरागाईं, जुझारु युवा दिनेश सिग्देल, मुकेश कार्की, सागर लाम्गादे, फक्तक्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु र फक्ताङलुङ–७ का अध्यक्ष छेतेन शेर्पा सक्रिय सहभागी भएका छन्।
जिल्लावासीले यस पहलबाट व्यापारिक अवसरहरू बढाउने र राष्ट्रको राजस्वमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







