ताप्लेजुङ — निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) ताप्लेजुङको वार्षिक कार्ययोजना–२०८२ अन्तर्गत कन्चन नवज्योति स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको माध्यमिक स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भयो। जिल्लाभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएको प्रतियोगिता मंसिर १८ गतेदेखि सुरु भएको थियो।
प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि, आयोजक विद्यालयकी एक छात्राको अकस्मात निधन भएपछि मंसिर १७ गते शोकका कारण खेल तालिका एक दिनका लागि स्थगित गरिएको थियो।
फाइनल खेल र नतिजा
शनिबार सम्पन्न फाइनल खेलमा छात्रा तथा छात्र दुवै तर्फ कन्चन एकेडेमी विजयी भयो।
छात्रा (महिला) तर्फ:
विजेता: कन्चन एकेडेमी
उपविजेता: हाङ्देवा पाथिभरा क्यु–लर्निङ स्कुल
छात्र (पुरुष) तर्फ:
विजेता: कन्चन एकेडेमी
उपविजेता: लिटल बुद्ध बोर्डिङ स्कुल
पुरुष र महिला दुवै समूहका फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक थिए।
व्यक्तिगत बिधागत पुरस्कारहरू:
छात्र तर्फ:
उत्कृष्ट स्पाइकर: तारा लिम्बू (कन्चन एकेडेमी)
उत्कृष्ट सेटर: आशिष अधिकारी (कन्चन एकेडेमी)
उत्कृष्ट डिफेन्डर: सुर्य लिम्बु (कन्चन एकेडेमी)
उत्कृष्ट खेलाडी: सम्बत लिम्बु (कन्चन एकेडेमी)
बेस्ट ब्लकर: अबिज्ञान लिम्बु (लिटल बुद्ध बोर्डिङ)
छात्रा तर्फ:
उत्कृष्ट स्पाइकर: युना लिम्बू (कन्चन एकेडेमी)
उत्कृष्ट सेटर: सामना लिम्बू (कन्चन एकेडेमी)
उत्कृष्ट डिफेन्डर: समिक्षा कार्की (हाङ्देवा पाथिभरा क्यु–लर्निङ)
उत्कृष्ट खेलाडी: सजनी मादेन (कन्चन एकेडेमी)
त्यस्तै अनुशासित टिमको रुपमा मेची सेन्ट मेरिज स्कुलका छात्राहरु छ्नोट भएको कन्चन एकेडेमीका प्रीन्सिपल लेनिस खड्काले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्देश्य:
प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै, विद्यालयहरूबीच सद्भाव, सहकार्य र खेलसंस्कृतिको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।







