ताप्लेजुङ । वन पैदावार व्यवसायी संघ ताप्लेजुङको चौथो अधिवेशनले भेनियर सञ्चालक ज्ञानबहादुर राईको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।

आज सम्पन्न भेलाले उपाध्यक्षमा टिकाराम सुनुवार, सचिवमा रविन गुरुङ, सहसचिवमा किशोर न्यौपाने र कोषाध्यक्षमा कुशुम न्यौपानेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको संघले जनाएको छ।

त्यसैगरी, सदस्यमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी र मंगलसिं विश्वकर्मा चयन भएका छन्।

अधिवेशनले लेखा समितिको संयोजकमा चन्द्रकुमार यवागु तथा सदस्यमा कोपीला भट्टराई र जयप्रकाश भट्टराईलाई चयन गरेको छ।

अधिवेशनमा सहभागी व्यवसायीहरूले व्यवसायिक चुनौती, आगामी दिनका कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा पनि विस्तृत छलफल गरेको जानकारी गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!