ताप्लेजुङ । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ। ताप्लेजुङमा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भए पनि निर्वाचन प्रक्रियामा देखा परेका विवादका कारण कारबाही अघि बढाइएको हो।

कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य तथा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभागका सचिव मणिशंकर पोमुलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न माग गर्दै प्रदेश कमिटीले दुवैलाई जिम्मेवारीबाट बर्खास्त गरी सोही अवधिका लागि निलम्बन गरेको पत्र पठाएको छ।

जिल्लाबाट प्राप्त सिफारिसअनुसार महाधिवेशन प्रतिनिधि छनोटका क्रममा निर्वाचन समितिका संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला भएको तथा निर्वाचन प्रक्रियामा अवरोध खडा गरेको आरोप दुवै नेतामाथि लगाइएको प्रदेश कमिटीले जनाएको छ।

कारबाही सम्बन्धी पत्रमा पार्टी अध्यक्ष घनश्याम खतिवडाको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!