ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति तिल कुमार जोगी नेपाल विद्यार्थी संघ स्ववियु परिषद् कोशी प्रदेशको सह–सचिव पदमा निर्वाचित हुनुभएको छ।

हालै सम्पन्न कोशी प्रदेश स्ववियु परिषद्को निर्वाचनमा जोगीले प्रभावशाली भोट हासिल गर्दै सह–सचिव पदमा विजयी हुनुभएको हो। विद्यार्थी हितका विविध कार्यक्रममा सक्रिय भूमिका निर्वाह गर्दै आएका जोगीको नेतृत्व क्षमता र योगदानले उहाँलाई प्रदेश तहमा जिम्मेवारी पाउन सहयोग पुगेको बताइएको छ।

निर्वाचनपछि जोगीले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै विद्यार्थीको हक–अधिकार र शैक्षिक सुधारका लागि प्रतिवद्धतापूर्वक अघि बढ्ने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!