ताप्लेजुङ — नेपाल नेत्रज्योति संघ डिचेन डोङ्गला आँखा उपचार केन्द्रको सेवा विस्तार र सुविधामा सहयोग पुग्ने उद्देश्यले गुरुङ परिवार तथा युकेमा रहेका प्रवासी नेपालीहरूले महत्वपूर्ण योगदान गरेका छन्।
फुङलिङ–५ निवासी रमेश गुरुङ (हाल युके) ले केन्द्रमा प्रयोग हुने ६४ इन्चको सामसुङ टेलिभिजन र आकर्षक र्याक निर्माण गरी १ लाख ८९ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन्। सेवा उपभोग गर्ने बिरामी तथा आगन्तुकका लागि यसले सूचना तथा सेवा सहज बनाउने अपेक्षा गरिएको छ।
यस्तै, फुनपा–६ का सुर्यमान गुरुङ (हाल युके) ले गौतम बुद्धको मूर्ति ३१ हजार सहित अक्षयकोषमा २० हजार नगद प्रदान गर्दै केन्द्रको स्थायी कोष मजबुत बनाउन हातेमालो गरेका छन्।
स्वर्गीय वलवहादुर गुरुङको वर्षदिनको पुण्यतिथि सम्झना स्वरूप उनका छोरी–ज्वाइँहरूले ५० हजार रुपैयाँमा फलैचा निर्माण गरिदिनुका साथै केन्द्रको अक्षयकोषमा २१ हजार रकम जम्मा गरेका छन्।
सहयोग गर्ने छोरी–ज्वाइँहरू :
मुना गुरुङ + किशोर गुरुङ
छुना गुरुङ
शशि गुरुङ + हिरा वुढा
सृजना गुरुङ + विकास तामाङ
समुदाय तथा सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपाल नेत्रज्योति संघका सभापति राजकुमार गुरुङ र प्रदेश सदस्य सुरेश सिंघक ले सबै सहयोगी दाताहरुलाई विशेष सम्मान प्रकट गरेका छन्।







