ताप्लेजुङ – निजी विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनप्रति जिल्लाका निजी विद्यालयले हरेक विद्यालयमा शोक सभा गर्ने भएका छन् ।

दशैं, तिहार, छठ जस्ता चाडवाड सकिएर विद्यालय खुलेको पहिलो दिन कात्तिक १२ गते बुधबार सबै विद्यालयले शोक सभाको तयारी गरेका हुन् । यो दिन पठन पाठन नगर्ने निर्णय भएको ताप्लेजुङ प्याब्सनका कार्यबाहक अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।

गणेश सिग्देल प्याब्सनको दोश्रो कार्यकालको लागि अध्यक्षमा चयन भएका थिए । शोक सभाको दिन प्रत्येक निजि विद्यालयले सिग्देलको जीवनी समेत प्रस्तुत गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!