
४ असोज, ताप्लेजुङ । फुङ्लिङ नगरपालिका वाड न. -९ र सोही वाडमा रहेको जनता माद्यामिक विद्यालयले खेलाडी सम्मान गरेको छ।
गत भाद्र १८-२४ गतेसम्म ताजकस्तिानमा सञ्चालित AFC U-23 Asian Cup Qualifiers अन्तर्गत फुटबल खेलतर्फ नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका लहन सुब्बा पतङ्वालाई राष्ट्रिय झन्डा ओडाएर सम्मान पत्रका साथ सम्मान गरेको सन्जय पतङ्वाले जानकारी दिनु भएको छ।
हाङ्देवा घर भएका राष्ट्रिय खेलाडी पतङ्वा जिल्लाकै पहिलो पटक राष्ट्रिय खेलाडीको रुपमा सम्मीलित भएका हुन् ।
आगामी दिनमा अझ हौसला होस र जिल्लाको गहनाको रुपमा अनुशाशीत खेलाडीको नाम कमाएको सुन्न र देख्न पाउ भन्दै वाड अध्यक्ष लक्ष्मण गुङले शुभकामना व्यक्त गर्नु भएको थियो।
यता जनता माबिका विद्यालय ब्यावस्थापन समिति अध्यक्ष तेज प्रताप सुब्बाले विद्यालयको पुर्व विद्यार्थीसमेत रहेकाले सम्मान गरिएको र जिल्लाले राष्ट्रिय खेलाडी पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।
काब्रु होटेलमा शनिबार गरेको सम्मान कार्यक्रममा सोही वाडका वाड अध्यक्ष लक्ष्मण गरुङ, विद्यालयका ब्यावस्थापन अध्यक्ष तेज प्रताब सुब्बा, प्रधानाध्यापक राम गुरुङ, वडा सचीव रमेश गुरागाइ, विद्यालयका शिक्षा समिती सदस्य सन्जय पतङ्वा लगायतको उपस्थिति रहेको थियो।